१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

चुनावी गठबन्धन गलत हुने कुरा व्यवहारमै प्रमाणित भइसक्यो : महामन्त्री शर्मा

इलाम — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनअघिको गठबन्धन गलत हुने कुरा व्यवहारबाटै प्रमाणित भइसकेको बताएका छन् । उनले अब कांग्रेसले कसैसँग पनि चुनावी गठबन्धन नगर्ने दाबी गरे । 

चुनावी गठबन्धन गलत हुने कुरा व्यवहारमै प्रमाणित भइसक्यो : महामन्त्री शर्मा

शनिवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले निर्वाचन अघिको गठबन्धन गलत हुने अनुभव गरेर नै कांग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको बताए । इलामले अब परिवर्तन खोजेको भन्दै महामन्त्री शर्माले एउटाले अर्कोलाई गाली नगरी स्वस्थ आलोचना गरेर चुनावी प्रतिष्पर्धामा सामेल हुनु उचित हुने बताए ।

‘इलामले अब परिवर्तन खोजेको छ । विकासका बाँकी काम गर्न इलामले काँध फेर्न खोजेको छ । अब सुवास नेम्वाङज्युको युगबाट नयाँ युगमा जाँदै गर्दा एउटा बलियो काँध लिएर हिजो सुवास नेम्वाङसँग केवल ११४ मात्रै मतले उपविजेता भएको उम्मेदवार अब दुई हजार बढी मतले जितेर उहाँका कामलाई पूरा गर्ने संकल्प गर्नुहुनेछ,' महामन्त्री शर्माले भने, 'हामी राम्रोसँग चुनाव लडौँ । एउटाले अर्कोलाई गाली नगरी चुनाव लडौँ ।'

उनले स्वस्थ ढंगले आलोचना मात्रै गरिराखेर चुनाव लड्ने अभ्यासले मात्रै निर्वाचन र लोकतन्त्रको गरिमालाई बढाउने बताए । कांग्रेसले शर्मालाई उपनिर्वाचनमा इलामको चुनावी कमाण्डरकारुपमा खटाएको छ ।

प्रकाशित : वैशाख ८, २०८१ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?