२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

उपराष्ट्रपति यादव र पाकिस्तानका राजदूत हासमीबीच भेटवार्ता

काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई नेपालस्थित पाकिस्तानका राजदूत अबरार एच हासमीले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

उपराष्ट्रपति यादव र पाकिस्तानका राजदूत हासमीबीच भेटवार्ता

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटघाटमा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहयोग, शैक्षिक तथा सांस्कृतिक सहयोग र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता निकट र सुमधुर सम्बन्ध रहेको बताएका थिए । उनले भने, ‘हामीले अर्थमन्त्रीस्तरमा संयुक्त आर्थिक आयोग (जेईसी) र परराष्ट्र सचिवस्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्र (बीसीएम) स्थापना गरेका छौं । यी संयन्त्रहरूमार्फत संवाद र सम्पर्क जारी राख्न आवश्यक छ ।’

उनले दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले सधैं हाम्रो सम्बन्धका सबै पक्षहरूमा गतिशीलता र गुणस्तर बढाएको समेत बताए । उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रमा सहयोग विस्तार गर्नु पर्नेमा जोड दिएका थिए । उपराष्ट्रपति यादवले दक्षिण एसियाको हिन्दु–कुश हिमालय क्षेत्रले विश्वव्यापी उष्णता र जलवायु परिवर्तनको प्रतिकूल प्रभावहरूको सामना गरिरहेकोमा चिन्ता व्यक्त गरेका थिए ।

राजदूत हासमीले नेपाल र पाकिस्तानबीचको सम्बद्ध अत्यन्तै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझ उचाईमा दुई मुलुक मिलेर अघि बढ्नु पर्ने बताए । उनले नेपाल र पाकिस्तानबीच अवरुद्ध हवाई सेवा पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिएका उपराष्ट्रपति कार्यालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

प्रकाशित : चैत्र ३०, २०८० १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?