२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४९

संसद्, टीआरसी र संवैधानिक आयोगमा सहमति बनाउन दाहालको प्रयास

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को गतिरोध अन्त्य र संवैधानिक आयोगको नियुक्तिमा भागबन्डा मिलाउने विषयमा शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । बिहीबार देउवासँग परामर्श गरेपछि प्रधानमन्त्री दाहालले आइतबार बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । 

संसद्, टीआरसी र संवैधानिक आयोगमा सहमति बनाउन दाहालको प्रयास

महालेखा परीक्षकसहित निर्वाचन, महिला, मुस्लिम, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगमा एक/एक सदस्य रिक्त छन् । तिनमा भागबन्डा मिलाएर परिषद्बाट पदपूर्तिको सिफारिस गर्न प्रधानमन्त्री दाहालले सत्ता घटक एमालेका अध्यक्ष ओलीसहित देउवासँग छलफल थालेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने संवैधानिक परिषद्को एजेन्डा नभएर संसद्को गतिरोध अन्त्य र टीआरसी विधेयकमा सहमति जुटाउन प्रधानमन्त्रीले देउवा र ओलीसँग छलफल गरेको बताए ।

टीआरसी विधेयक सहमतिनिकट पुगेर पनि संसद्को कानुन, न्याय तथा सुशासन समितिमा लामो समयदेखि अड्किएर बसेको छ । सत्ता लेनदेनको दाउपेचका कारण समितिबाट उक्त विधेयक पारित हुन ढिलाइ भइरहेका बेला कांग्रेससँगको समीकरण भत्किएपछि दाहालले पहिलो पटक ओली र देउवासँग छलफल गरेका हुन् ।

‘नयाँ राजनीतिक समीकरणपछि तीन नेताबीच छलफल भएको थिएन । संसद्को गतिरोधलाई निकास दिएर टीआरसी विधेयकमा सहमति जुटाउने दिशामा सकारात्मक संवाद सुरु भएको छ,’ आचार्यले भने ।

प्रकाशित : चैत्र १८, २०८० ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?