कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

निजगढ विमानस्थल निर्माण द्रुत गतिमा बढ्छ : उपप्रधानमन्त्री यादव

लक्ष्मी साह

बारा — संघीय सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आउँदो आर्थिक वर्षदेखि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने बताएका छन् ।

निजगढ विमानस्थल निर्माण द्रुत गतिमा बढ्छ : उपप्रधानमन्त्री यादव

बारा २ का प्रतिनिधिसभा सदस्य यादवले आफ्नो निर्वाचन क्षेत्र नम्बरको महागढीमाई नगरपालिका १० गन्जभवानीपुरमा क्याम्पस बनाउने उद्देश्यले शुक्रबार आयोजित कुशकुण्डा महायज्ञमा लवकुश प्राण प्रतिष्ठामा सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘विमानस्थल क्षेत्रभित्रका बस्ती र जग्गाको मुआब्जा दिने काम थोरै बाँकी छ । सबै दिएर आउँदो आर्थिक वर्षदेखि निर्माण कार्य द्रुत गतिमा बढ्छ,’ उनले भने, ‘आउँदो आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अगाडि बढ्छ ।’ यसले बाराको पर्यटन विकासमा फाइदा हुने उनले बताए ।

बारा जिल्लालाई विकसित र खुसहाल बनाउने प्रयासअन्तर्गत आइटी कलेजलगायत पशु तथा मत्स्य विज्ञान कलेज बनाउने प्रक्रिया अघि बढेको उनले बताए । सत्तासीन दलमध्येका एक घटक जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले मधेस प्रदेशका राजश्री जनक विश्व विद्यालयका ‘सिनेट’ ले बारा जिल्लामा आईटी कलेज र मधेस कृषि विश्व विद्यालयबाट पशु तथा मत्स्य विज्ञान कलेज स्थापना गर्ने निर्णय भइसकेको जानकारी गराए ।

‘कलेजको लागि निर्णय भइसके पनि जग्गा प्राप्त भइनसबेकोले ढिलाई भइरहेको छ,’ उनले भने, ‘बारा जिल्लालाई सबैभन्दा विकसित र खुसहाल बनाउने प्रयास भइरहेको छ ।’ यसैगरी सिमरा क्षेत्रलाई नयाँ औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको उनले बताए । यस जिल्लावासीको विकासको लागि शिक्षामा ध्यान दिनुपर्ने उनले बताए ।

प्रकाशित : चैत्र २, २०८० १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?