कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६७

यो संसद्‌को अवधिसम्म दाहाल सरकार कायम रहन्छ : सचिव भट्टराई

ओलीलाई प्रधानमन्त्री बनाउने भनेर गठबन्धनलाई अविश्वासतिर धकेल्दैनौं

काठमाडौँ — नेकपा (एमाले)का सांसद तथा सचिव योगेशकुमार भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म वर्तमान सरकार कायम रहने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार कायम रहने बताएका हुन् । 

यो संसद्‌को अवधिसम्म दाहाल सरकार कायम रहन्छ : सचिव भट्टराई

अहिलेको संसदको लागि यो सरकार बनाउनु अन्तिम विकल्प भएको भट्टराईको भनाइ थियो । उनले अर्को कुनै सरकार बनाउने कोसिस नहुने पनि बताए । ‘एमालेको समर्थनमा आज १५७ सांसदले विश्वासको मतमा मत दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनुभएको छ । विश्वासको मत पाउनु भनेको मतलब यो संसद् रहँदासम्म यो सरकार कायम रहन्छ,' उनले भने, 'यो संसद्को लागि यो लगलग अन्तिम विकल्प हो । त्यसैले अब अर्को कुनै सरकार बनाउने कोसिस हुँदैन । यो सरकारको निर्णायक शक्ति नै नेकपा(एमाले) छ । प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई हामीले स्वीकारेका छौँ । त्यसो हुँदा एमालेको दायित्व छ कि यो सरकारलाई आउने चार वर्षसम्म अगाडि बढाउने हो । यो संसद्लाई आउने चार वर्षसम्म अगाडी बढाउने हो ।'

सरकारले मुलुकमा व्याप्त समस्याको सकारात्मक निकास दिने पनि भट्टराईले बताए । 'सरकारले जनतामा भएको निराशालाई आशामा बदल्ने । अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित गर्ने । अर्थतन्त्रलाई सन्तुलित बनाउने । र, अन्य कतिपय सामाजिक, आर्थिक समस्यालाई हल गर्ने र संसद्बाट आवश्यक विधेयक संसद्मा टेबुल गर्ने, त्यसलाई पास गर्ने र विशेष गरी संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन लगायतका संघीयताका कार्यान्वयनसँग सम्बन्धित ऐनहरूलाई छिटोभन्दा छिटो संसद्बाट अगाडी बढाउने हो । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षबाट टुंग्याउने,' उनले भने, 'ओलीलाई प्रधानमन्त्री बनाउने चर्चा गरेर हामी गठबन्धनलाई, सत्ता समीकरणलाई अविश्वासतिर धकेल्न चाहँदैनौँ ।’

एमालेले प्रधानमन्त्री पद नपर्खिएको भट्टराईको भनाइ थियो ।

प्रकाशित : फाल्गुन ३०, २०८० १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?