कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

एन्फालाई कारबाही गर्न निर्देशन

काठमाडौँ — युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ । 

एन्फालाई कारबाही गर्न निर्देशन

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को “झ’मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृति लिनुपर्नेमा व्यवस्था भएबमोजिम एन्फाले सो प्रक्रिया पूरा नगरी विदेश गएकाले मन्त्रालयले एन्फालाई कारबाही गर्ने राखेपलाई निर्देशन दिएको हो ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले आगामी चैत २ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि नेपाली टोलीले आगामी चैत ८ र १३ गते बहराइनसँग ‘होम एन्ड अवे’का दुई खेल खेल्दैछ । उक्त खेलका लागि नेपाली टोलीसहित एन्फाका १० पदाधिकारी ‘अफिसियल’ बनेर मलेसिया गएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान खराब भएपछि नेपालले होम र अवे खेल बहराइनमा खेल्न लागेको हो । राखेपको स्वीकृतिपश्चात् मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलन भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्ने व्यवस्थाका लागि गृह मन्त्रालयलाई अनुरोध गरिएको युवा तथा मन्त्रालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : फाल्गुन ३०, २०८० १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?