कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

डा. केसी सेती अस्पताल भर्ना

अर्जुन शाह

(धनगढी) — धनगढीमा ७२ घण्टा अनशसन बसेका प्रा. डा. गोविन्द केसीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । अनशन तोडेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले बताए । 

डा. केसी सेती अस्पताल भर्ना

स्वास्थ्य अवस्था सामान्य हुन थालेको भएपनि केही साता अघिमात्र शल्यक्रिया गरिएको भएर केही दिन सेतीमै राखेर निगरानी गरिने डा. केसीका सहयोगी डा. अमृत जोशीले बताए ।

सोमबार साँझ डा. केसीलाई अस्पताल भर्ना गरिएको हो । सरकारले विगतमा आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै उनी मंसिर २९ गतेदेखि तीन दिन धनगढीस्थित लक्ष्मीनारायण अनशसन बसेका थिए ।


प्रकाशित : पुस ३, २०८० १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?