कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

एनसेल खरिद-बिक्रीको नाटक मञ्चन गरियो : ओली

बलराम घिमिरे

नुवाकाेट — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई हस्तान्तरण गर्नुपर्ने समय नजिकिदै जाँदा सम्झौता बिपरित एनसेलकाे शेयर खरिदबिक्रीको नाटक मन्चन भएकाे दाबी गरेका छन् ।

एनसेल खरिद-बिक्रीको नाटक मञ्चन गरियो : ओली

एमालेले आयाेजना गरेकाे बैतडीको झुलाघाटदेखि पाँचथरकाे चिवाभन्ज्याङसम्मकाे समृद्धि लागि संकल्प यात्रा अभियानलाई शनिबार राति नुवाकाेटकाे बट्टारमा सम्बाेधन गर्दै खर्वाैंकाे सम्पति अर्बौंमा बिक्री गरेर आपराधिक काम गरेकाे बताए ।

देशलाइ कंगाल बनाएर केही मानिसहरूले ढुकुटी भर्ने कमिशनतन्त्रकाे खेल अन्त्य गर्न अध्यक्ष ओलीले सरकारलाई चेतावनी दिएका छन् ।

उनले सरकारकाे सेटिङमा सुन तस्करी भइरहेकाे आरोप लगाएका छन् । त्रिभुवन विमानस्थलबाट सर्वसाधारण छिर्दा जाँचकाे नाममा छामछाम छुमछुम गरेर कडाई गर्ने सुरक्षा अधिकारीले सरकारकाे सेटिङ बिना त्यत्रो सुन तस्करले कसरी भित्र्याउन सक्छ भनेर प्रतिप्रश्न गरेका थिए ।

उनले वर्तमान सरकार राष्ट्रियताकाे पक्षमा उभिन नसक्ने हुतिहारा भएकाे बताउँदै भ्रष्टाचारमा लिप्त बनेकाे दाबी गरे । एमालेकाे नेतृत्वमा बनेका अन्तर्राष्ट्रिय विमानस्थलहरू समेत अहिलेकाे सरकारले सन्चालन गर्न नसकेकाे भन्दै अध्यक्ष ओलीले सरकार निकम्मा भएकाे बताए । सरकारलाई शासन गर्ने नैतिकता नै नरहेकाे अध्यक्ष ओलीले जिकिर गरे ।

प्रकाशित : मंसिर २४, २०८० ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?