संसद्‍मा ठूला भनिएका तीन दलको सिण्डिकेट छ : रवि लामिछाने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् ठूला भनिएका तीन दल बाहेकका लागि अनुदार रहेको र उनीहरुको सिण्डिकेट रहेको आरोप लगाएका छन् ।

संसद्‍मा ठूला भनिएका तीन दलको सिण्डिकेट छ : रवि लामिछाने

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ठूला भनेका दलको सिण्डिकेट संसद्‍मा लादिने काम भएको उल्लेख गरे । संसद्‍मा दर्ता भएका संकल्प प्रस्तावहरु छलफल नचलाउँदा असान्दर्भिक हुन पुगेकोप्रति उनले संसद्को ध्यानाकर्षण गराए । उनले नागरिक र सरोकारवालको सुझाव नलिइ बनाउने प्रवृत्तिका कारण कानूनहरु राम्रो बन्न नसकेको दाबी गरे ।

‘ठूला भनेका दलको सिण्डिकेट लादिने यो संसद्‍मा संकल्प प्रस्ताव कार्यसूचीमै चढ्न सकेन । बेलैमा छलफल नचलाउँदा ती प्रस्ताव अहिले असान्दर्भिक भएका छन् । तर समस्याको दीर्घकालीन समाधानको लागि प्रस्ताव ढिलो चाँडो छलफल चलाउनै पर्छ' सभापति लामिछानेले भने ।

संसद्ले सत्ता पक्षको बहुमतको बलमा कानुन बनाउँदा जनताको राय लिने स्वभाविक प्रक्रियालाई निरुत्साहित गरिएको उनले बताए । 'कानुन बनाउँदा राय लिउँ भन्दा बहुमतको बलमा पेलिँदो रहेछ । यो संसद् ठूला भनिएका तीन दलहरू बाहेकका लागि अनुदार छ ।’

प्रकाशित : कार्तिक १६, २०८० १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?