पुराना राजनीतिक दलहरू सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको छ : लेखक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकलाई नेपाली काँग्रेसको तर्फबाट सम्बोधन गर्दै उनले व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन् भन्ने किसिमले प्रायोजित रुपमै आक्रमण भइरहेको दाबी गरे ।

पुराना राजनीतिक दलहरू सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको छ : लेखक

उनले संविधान र व्यवस्था असफल भए मुलुक खतरामा जाने उल्लेख गरे ।

'यो संविधान र अहिलेको व्यवस्थामा यदाकदा यसका विरुद्धमा आवाज उठाउने गरिएको छ । प्रायोजित रुपमा उठ्ने गरेको छ । यो व्यवस्थै खराब हो, यो संविधान नै खराब हो । यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठीक हुन् । पुराना राजनीतिक दलहरु बेठीक हुन्, यी अब काम लाग्दैनन्, केही काम गर्न सक्दैनन् भन्ने एउटा प्रायोजित ढंगले भाष्य तयार गर्ने प्रयत्न भइरहेको छ । यो देशका लागि खतरा छ'लेखकले भने ।

संविधान सफल बनाउने सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने उनको धारणा थियो । संविधान सफल बनाउनका लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्ने उनले बताए ।

‘अब यो संविधान असफल गर्ने छुट हामीसँग छैन । यदी यो संविधान असफल भयो भने मुलुक एउटा अत्यन्त अनिष्टकारी खतरा, अफ्ठ्यारोमा पुग्न सक्छ । किनभने यो संविधान मुलुकमा धेरै ठूला राजनीतिक संघर्षहरु क्रान्ति, बलिदानहरु ७० वर्ष लामो योगदानबाट प्राप्त भएको हो । यो संविधान पनि असफल हुने स्थिति आयो भने यसले मुलुकलाई राम्रो गर्दैन । यो संविधान सफल गर्नुछ' उनले भने ।

प्रकाशित : कार्तिक १६, २०८० १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?