कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७७

चाडपर्वमा कृत्रिम अभाव र कालोबजारी नगर्न सरकारको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्ने जस्ता अनुचित कार्य नगर्न/नगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरूको ध्यानाकर्षण गराएको छ ।

चाडपर्वमा कृत्रिम अभाव र कालोबजारी नगर्न सरकारको आग्रह

मन्त्रिपरिषद्को मंगलबारको बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद्ले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्तिलाई कानुनबमोजिम कडा कारबाहीका लागि कोही कसैसँग सूचना भए 'हेलो सरकार', वाणिज्य विभागको पोर्टल वा टोल फ्रि नम्बर ११३७ मा सूचना दिन पनि आग्रह गरेको छ ।

‘आसन्न चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि कालोबजारी गरी वस्तु बिक्री वितरण गर्नेजस्ता अनुचित कार्य नगर्न/नगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई नेपाल सरकारले ध्यानाकर्षण गराउँछ,' सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।

बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्ने पनि शर्माको भनाइ थियो । उनले भनिन्, 'उपभोग्य वस्तुको बिक्री वितरणसँगै सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर शपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रलाई थप सक्रिया र क्रियाशील बनाइ बजार अनुगमनलाई प्रभावकारी बनाउने । अस्वाभाविक मूलयवृद्धि र कालो बजारी नियन्त्रण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक नाफाखोरी गर्ने र अस्वभाविक मूल्यवद्धि गरी कालोबजारी संलग्न हुने जो कोहीलाई प्रचलित कानून बमोजिम कडा कारबाही गर्ने र सोको प्रतिवेदन सर्वसाधारण सबैको जानकारीका लागि सम्बन्धित निकायबाट दैनिकरुपमा संप्रेषित गर्न नेपाल सरकार निर्देशन गर्दछ ।'

प्रकाशित : आश्विन १६, २०८० १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?