२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

एमसीसी उपाध्यक्ष एलफोर्ड नेपाल आउँदै

भदौ १३ बाट एमसीसी सम्झौता कार्यान्वयन सुरु हुने   

काठमाडौँ — मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल भ्रमणमा आउँदै छन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपालसँगको एमसीसी सम्झौताको सुरुआतको अवसर पारेर एमसीसीका सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपालको भ्रमणमा आउन लागेको हुन् ।

एमसीसी उपाध्यक्ष एलफोर्ड नेपाल आउँदै

यही भदौ १३ बाट नेपालमा उर्जा र सडक पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयनमा जाँदैछ । सम्झौताअनुसार ५ वर्षमा परियोजना सक्ने गरी कार्यान्वयनमा जाने मिति भदौ १३ रहेको छ । यो अनुसार अब २०८५ साल भदौ १३ भित्रमा उक्त परियोजना सक्नु पर्ने हुन्छ ।

कान्तिपुरसँगको कुराकानीमा दूतावासले भन्यो,‘नेपालको नेतृत्वदायी भूमिका रहेको यस एमसीसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको छ । नेपालमा एमसीसीको कार्य अवधिभर बृहत्तर सरोकारवालाहरू, नेपालका सरकारहरू र राजनीतिक दलहरूको निरन्तर सहयोगबाट मात्र यो सम्भव भएको हो ।’

दूतावासले एमसीसी सम्झौताको सफल कार्यान्वयन सुनिश्‍चित गर्न एमसीए–नेपालसँग साझेदारी गर्न प्रतिबद्ध रहेको जनाएको छ । साथै, सम्झौताका लक्ष्यहरू समयमै हासिल गर्न संलग्न सबैले लगनशीलताका साथ काम गरिरहेको दूतावासको भनाइ छ ।

प्रकाशित : भाद्र १०, २०८० १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?