२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

६ प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा सुरु 

प्रतिक्षा काफले

कास्की — अन्तरप्रदेश बैठकमा सहभागी हुन कोशीबाहेक ६ वटै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला भएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की भने विश्वासको मत लिने प्रक्रियामा रहेकाले बैठकमा सहभागी भएका छैनन् । 

६ प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा सुरु 

गण्डकी प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्रीहरू पोखरा आएका हुन् । बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् । प्रधानमन्त्री दाहाल कार्यक्रमस्थलमा उपस्थित भइसकेका छन् ।

भेलामा सातै प्रदेशका प्रमुख सचिव पनि सहभागी छन् । मुख्यमन्त्रीको बैठकसँगै प्रधानमन्त्री दाहालको अध्यक्षतामा अन्तरप्रदेश समन्वय परिषद्को बैठकसमेत बस्ने कार्यक्रम छ । शुक्रबार उद्घाटनपश्चात प्रधानमन्त्रीको अध्यक्षमा अन्तरप्रदेश समन्वय परिषद्को बैठक बस्ने छ भने शनिबार प्रदेशका मुख्यमन्त्रीबीचको बैठक तथा छलफल हुनेछ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघि जेठ १० मा पोखरामा बस्ने भनिएको मुख्यमन्त्रीहरुको बैठक प्रधानमन्त्री दाहालको व्यस्तताका कारण स्थगित भएको थियो । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ नेतृत्वले २०७५ भदौ २१ गते पोखरामा मुख्यमन्त्रीहरूको बैठक तथा परिषद् बैठकको आयोजना गरेको थियो ।

प्रकाशित : असार १५, २०८० १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?