कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

४३ स्थानीय तहमा 'नेपाल जलवायु नमुना कार्यक्रम' सञ्चालन गरिने

काठमाडौँ — सरकारले विभिन्न ४३ स्थानीय तहमा नेपाल जलवायु नमुना कार्यक्रम सञ्चालन गरिने जनाएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

४३ स्थानीय तहमा 'नेपाल जलवायु नमुना कार्यक्रम' सञ्चालन गरिने

संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहयर्कामा जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलनसम्बन्धी राष्ट्रिय लक्ष्य हासिल गरिने उनको भनाइ छ । जल तथा मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रणालीलाई थप विश्वसनिय र भरपर्दो बनाइने उनले जानकारी दिए ।

सुर्खेत, पाल्पा र उदयपुरका मौसमी राडार केन्द्रलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने सरकारले घोषणा गरेको छ । जलवायु परिवर्तका असरहरुको वैज्ञानिक अध्ययन अनुसन्धान गर्न एवं हिमप्रणालीको निरन्तर अनुगमन गर्न सञ्चालनमा रहेका ९ वटा हिम केन्द्रलाई पूर्ण स्वचालित र तत्काल तथ्यांक प्राप्त हुने गरी स्तरोन्नति गरिने सरकारले जनााएको छ ।


प्रकाशित : जेष्ठ १५, २०८० १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×