१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

पूर्वउपप्रधानमन्त्री रायमाझीलाई म्याद थपका लागि अदालत लगियो [तस्बिरहरू]

काठमाडौं — भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएका नेकपा एमाले नेता टोपबहादुर रायमाझीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । काठमाडौं प्रहरी परिसरबाट केही बेरअघि उनलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएपछि म्याद थपका लागि अदालत लगिएको हो ।

पूर्वउपप्रधानमन्त्री रायमाझीलाई म्याद थपका लागि अदालत लगियो [तस्बिरहरू]

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको थियो ।

वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए । प्रहरीले खोजी गरिरहँदा बुधबार रायमाझीले संसद् सचिवालयलाई आफू बिरामी भएको पत्र पठाएका थिए ।


भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई काठमाडौं प्रहरी परिसरबाट म्याद थपका लागि जिल्ला अदालत लगिँदै । तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसँगै १३ जना पक्राउ परिसकेका छन् ।

यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित १२ जना परिसकेका थिए ।

तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक थापा, कांग्रेस पूर्वसांसद आङटावा शेर्पा र सुरक्षा सल्लाहकार राईका छोरा निरज हाल फरार छन् ।

प्रकाशित : जेष्ठ १, २०८० १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?