१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१
उपनिर्वाचन

चितवनको कृष्णपुर माविको मतदान पनि रोकियो

काठमाडौँ — चितवन क्षेत्र नं २ को भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुर मावि केन्द्रमा पनि मतदान रोकिएको छ । यसअघि वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा एक घण्टादेखि नै मतदान रोकिएको छ ।

चितवनको कृष्णपुर माविको मतदान पनि रोकियो

आधा घण्टाअघि रास्वपाका उम्मेदवार रवि लामिछाने भीड जम्मा गरेर मतदान केन्द्रमा गएपछि अन्य दलका कार्यकर्ताले विरोध गर्दा कृष्णपुरको मतदान प्रक्रिया पनि अवरुद्ध भएको हो ।

यससँगै चितवन क्षेत्र नं २ का दुई मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध भएको छ ।

प्रकाशित : वैशाख १०, २०८० १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?