कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

फेसबुक ह्याक गरी चरित्र हत्या गर्ने युवक पक्राउ

काठमाडौँ — फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडियो राखेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका–४ कर्सियाका २२ वर्षीय दिपेश लोहनी छन् । 

फेसबुक ह्याक गरी चरित्र हत्या गर्ने युवक पक्राउ

अध्ययनको सिलसिलामा विदेश गएकी महिलालाई दैनिक फोन म्यासेज गरेर धम्की दिई सामाजिक सञ्जाल फेसबुक समेत ह्याक गरी लोहनीले अश्लिल फोटो तथा भिडियोहरु फेसबुकसँग जोडिएका व्यक्तिहरुलाई पठाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

यस्तै, फेसबुक लाइभबाट आत्महत्या गर्ने र पीडित लगायतलाई फसाउने, पीडितको चरित्रहत्या गर्ने भन्दै लोहनीले धम्क्याउने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका लोहनीलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा थप अनुसन्धान एवं कारबाहीको लागि प्रहरी परिसर टेकु पठाएको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताए ।

प्रकाशित : चैत्र १९, २०७९ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?