कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ — निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ । 

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

न्याय परिषद्को परामर्शमा चैत १८ गतेदेखि लागू हुने गरी बिहीबार जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । उनका अनुसार चितवन-२ का लागि जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा-२ का लागि जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ-१ का जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य नियुक्त भएका छन् ।

उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ । निर्वाचनका सबै कार्यक्रम यही चैत १८ गतेदेखि खुल्ने मुख्य निर्वाचन अधिकृतहरूको ती कार्यालयहरूबाट सञ्चालन हुने आयोगले जनाएको छ ।

प्रकाशित : चैत्र १६, २०७९ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?