२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

जनताले प्रधानमन्त्रीबाट व्यक्त प्रतिबद्धता कार्यान्वयनको अपेक्षा गरेका छन् : यादव

काठमाडौँ — जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले विगतमा गरेका प्रतिबद्धताको सही कार्यान्वयन हुने अपेक्षामा जनता रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सांसद यादवले संविधान संरक्षणदेखि संघीयता कार्यान्वयनसम्मका प्रतिबद्धता पूरा गर्नुपर्ने बताए । 

जनताले प्रधानमन्त्रीबाट व्यक्त प्रतिबद्धता कार्यान्वयनको अपेक्षा गरेका छन् : यादव

वर्तमान सरकार विशेष परिस्थितिमा बनेको पनि यादवको भनाइ थियो । 'यो सरकार विशेष परिस्थितिमा बनेको छ । यसको मुख्य काम संविधान संरक्षण, संघीयताको सफल कार्यान्वयन र सबलीकरण तथा जर्जर अर्थतन्त्रलाई सही बाटोमा ल्याएर जनतालाई सुशासनको प्रत्याभूति रहेको छ । प्रधानमन्त्रीले यसपालिको आफ्नो कार्यकालमा अनुभवका आधारमा अझ बढी सफलतापूर्वक भूमिका खेल्ने कुरा बारम्बार प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आम नेपाली जनताले प्रधानमन्त्री प्रचण्डबाट समय-समयमा व्यक्त भएका प्रतिबद्धताको सही कार्यान्वयनको अपेक्षा गरेको छ,' उनले भने ।

प्रधानमन्त्री दाहालले साहसिक निर्णय लिएको पनि सांसद यादवको भनाइ थियो । मुलुक संकटमा परेकाले त्यसको निकासका लागि प्रधानमन्त्री दाहाललाई सबै राजनीतिक पार्टीले मिलेर विश्वासको मत दिनुपर्ने पनि उनको आग्रह थियो । 'अहिले मुलुकमा जुन प्रकारको संकट परेको छ, मुलुकमा जुन प्रकारको अर्थतन्त्रमा तरलता आएको छ । यो अवस्थामा हामी सबै मिलेर सम्माननीय प्रधानमन्त्रीजीलाई मतदान गरौं, म अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

सांसद यादवले अर्थतन्त्र सुधार, उद्योगको स्थापना र संरक्षण, आन्तरिक वस्तुको उत्पादन र खपत लगायतका क्षेत्रमा सरकारले ध्यान दिनुपर्ने सांसद यादवको भनाइ थियो । उनले बैंकिङ क्षेत्रमा सुधारका योजना ल्याउनुपर्ने धारणा राखेका छन् । त्यस्तै, उनले महँगी नियन्त्रण गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

प्रकाशित : चैत्र ६, २०७९ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?