रासायनिक मलको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग - समाचार - कान्तिपुर समाचार

रासायनिक मलको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेले रासायनिक मलमा किसानलाई गरिएको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ ।  यसअघि सरकारले फागुन २६ गते रासायनिक मलमा किसानलाई दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । जसले गर्दा किसानलाई रासायनिक मल महँगिएको छ । 

एमालेको कृषि तथा पशुपन्छी विकास विकास विभागले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'सरकारको निर्णयानुसार युरियामा प्रतिकेजी ११, डीएपीमा ७ र पोटासमा ९ रुपैयाँ मूल्य वृद्धि भएको छ । यसको मार नेपाली किसानमा परेको छ ।'

एकातिर भारतबाट ठूलो मात्रामा कृषि उपजको आयात हुने र अर्कोतिर रासायनिक मलको मूल्य वृद्धि गर्दा उत्पादन लागत झन् बढ्न जाने र यसले किसानलाई निरुत्साहित गर्ने एमालेको टिप्पणी छ । 'अनुदान कटौतीको निर्णयबाट सरकार स्वदेशी उत्पादनलाई निरुत्साहित गरी भारतीय कृषि उपजको व्यापार बढाउन उद्यत रहेको स्पष्ट हुन्छ' विज्ञप्तिमा भनिएको छ । यसले कृषि उपजमाथिको परनिर्भरता बढाउनेतर्फ सरकार लागिपरेको भन्दै एमालेले तत्काल पुरानै मूल्यमा खरिद गर्ने व्यवस्था मिलाउन माग गरेको छ । हाल अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घट्दै गएको जनाउँदै एमालेले मलको अभाव खेपिरहेका किसानलाई थप समस्यामा नपार्न सरकारसँग माग गरेको छ ।


प्रकाशित : चैत्र ५, २०७९ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्

राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थीबीच झडप

व्यापक रुपमा सुरक्षाकर्मी परिचालन
अवधेश झा

राजविराज — स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका क्रममा राजविराजमा विद्यार्थीहरूबीच ढुंगामुढा भएको छ । विद्यार्थी संगठनबीच झडप भएपछि महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको मतदान नै रोकिएको छ । स्थितिलाई नियन्त्रणमा लिन व्यापक रुपमा प्रहरी र सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान गर्ने क्रममा उक्त क्याम्पस हाता बाहिर मतदान रोक्नुपर्ने र हुनुपर्ने समूहबीच भएको नाराबाजीले झडपको रूप लिएको हो । नाराबाजी र झडपका बेला प्रहरी र विद्यार्थीहरूबीच पटक-पटक घम्साघम्सी समेत भएको छ ।

प्रकाशित : चैत्र ५, २०७९ १४:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×