३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अब रास्वपाको चुनाव चिह्न घण्टीमात्रै

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । रास्वपाले यसअघि चुनाव चिह्न ‘गोलाकारभित्रको घण्टी’ रहेकोमा त्यसलाई बदलेर ‘घण्टी’मात्रै राखेको हो । पार्टीको केन्द्रीय समितिको निर्णयबमोजिम निर्वाचन आयोगमा चुनाव चिह्न फेरिएको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

अब रास्वपाको चुनाव चिह्न घण्टीमात्रै

‘केन्द्रीय समितिले चुनाव चिन्हमा रहेको गोलाकार घेरा हटाउने निर्णय गरेको थियो, त्यहीअनुसार निर्वाचन अयोगले पनि अनुमति दिइसकेको छ,’ उनले भने, ‘अब हाम्रो पार्टीको चुनाव चिह्न घण्टीमात्रै हो ।’

उनले चुनाव चिह्न बोल्न, लेख्न र प्रचार प्रसार गर्नका लागि सहज होस् भन्ने ध्येयले यो गरिएको बताए । ‘गोलाकारभित्रको घण्टी भन्दा लामो र भद्धा भयो । यसमा अरु कुनै कारण छैन, धेरै फेरिएको पनि होइन,’ उनले भने, ‘गोलाकारभित्रको घण्टी भन्नुभन्दा घण्टीमात्रै भन्न सजिलो हुन्छ, चुनाव चिन्हमा फेरबदल गर्नुको कारण पनि त्यति नै हो ।’

गत निर्वाचनमा गोलाकारभित्रको घण्टी चुनाव चिन्हबाट चुनावमा सहभागी रास्वपाले अब उपनिर्वाचनमा भने चुनाव चिह्न घण्टीमात्रै प्रयोग गर्न पाउने भएको छ । रास्वपाले चितवन-२ मा हुने उपनिर्वाचनकालागि दल दर्ता गर्ने क्रममा नै चुनाव चिह्न पनि फेरबदल गरेको हो ।

प्रकाशित : फाल्गुन १७, २०७९ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?