कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६०

आयोगहरुमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप्न प्रधानमन्त्री दाहालसँग माग

कान्तिपुर संवाददाता

काठमाडौँ — सात संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्रीलाई भेटेर आयोगहरुमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन् ।

सिंहदरबारमा बिहीबार राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षहरुले संयुक्तरुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका हुन् ।

आयोगहरुमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप्न प्रधानमन्त्री दाहालसँग माग

भेटमा आयोगका अध्यक्षहरुले आ–आफ्नो आयोगका समस्याहरु प्रधानमन्त्री दाहालसमक्ष राखेका थिए ।

भेटबारे मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरुले आयोगमा स्रोत, साधन र कर्मचारीको दरबन्दी न्यून भएकाले काम गर्न समस्या परेको कुरा प्रधानमन्त्रीसमक्ष राखेको बताए । उनले आयोगहरुमा स्रोत, साधन र कर्मचारीको दरबन्दीको थप गर्न माग गरिएको जानकारी दिए ।

‘संवैधानिक आयोगको रुपमा समुदायका आयोगहरु अत्यन्त अधिकारविहीन र स्रोत, साधनको अवस्था अत्यन्त न्युन भएकोले ती सबै समस्याहरु हामीले प्रधानमन्त्रीज्यूसमक्ष राख्यौं,' उनले भने, 'समुदायको उत्थान र विकासको जुन उद्देश्यले आयोगहरु गठन गरिएको छ त्यसका लागि पर्याप्त स्रोत, साधन, कर्मचारीको दरबन्दीदेखि लिएर हरेक कुराको व्यवस्थापन हुनुपर्ने तर त्यो एकदमै न्युन भएकोले हामीले आ–आफ्ना आयोगका समस्याहरु प्रधानमन्त्रीसमक्ष राख्यौं ।’

प्रधानमन्त्री दाहालले संवैधानिक आयोगहरुलाई बलियो बनाउन सरकारले प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको मुस्लिम आयोगका अध्यक्ष अन्सारीले जनाए ।

प्रकाशित : फाल्गुन ४, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?