कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६२

संविधान कार्यान्वयनका ७ वर्षमा राजनीतिक स्थायित्व कायम भयो : राष्ट्रपति भण्डारी

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनका सात वर्षमा राजनीतिक स्थायित्व कायम भएको बताएकी छन् । शुक्रबार संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संविधानको कार्यान्वयनका लागि सात वर्षको अभ्यास निकै महत्त्वपूर्ण भएको बताएकी छन् । 

संविधान कार्यान्वयनका ७ वर्षमा राजनीतिक स्थायित्व कायम भयो : राष्ट्रपति भण्डारी

'संविधान कार्यान्वयनमा सात वर्षको अभ्यासमा निकै महत्त्वपूर्ण छ । संघीय लोकतन्त्रको आधारमा स्तम्भ संस्थागत भएका छन् ।

संविधान कार्यान्वयन, शासन व्यवस्था सञ्चालन र लोकतन्त्रको व्यवहारिक सुदृढीकरणका लागि हामीले अबलम्बन गरेको नीति, निर्माण गरिएको कानुन र प्रक्रियागत सुधारका कारण राजनीतिक स्थायित्व कायम भएको छ,' भण्डारीले भनिन्, 'देशको राजनीतिले एउटा गति र लय समातिसकेकाले अब हाम्रो ध्यान विकास, समृद्धि र जनतालाई सुसी बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ भन्ने मैले ठानेको छु । संविधानले मार्ग दर्शनगरे बमोजिमको स्वतन्त्र र समृद्ध अर्थतन्त्र विकास गर्ने सन्दर्भमा राज्यको संयुक्त अंगहरुले संकल्प गरी त्यसको कार्यान्वयमा परिचालित गर्नु पर्दछ भन्ने मलाई लागेको छ ।' सम्बोधनको क्रममा भण्डारीले देशको आर्थिक, राजनीतिक क्षेत्रमा धेरै नै प्रगति भएको बताएकी छन् । तर यसलाई थप विकसित गर्नुपर्ने उनको भनाइ थियो ।

'विकास निर्माणले गति लिएको छ तर यो गति पर्याप्त छ त ? तर नागरिकको विकासका लागि हामीले गरेको प्रयासले सार्थकता पाएको छ त ? यो विषयलाई केन्द्रमा राखेर अबका हाम्रा काम कारवाहीहरु अघि बढाउनु पर्दछ,' उनले भनिन् ।

राष्ट्रपति भण्डारीले देशको आर्थिक अवस्था जटिल मोडमा रहेको विषयप्रति सबै जानकार र चिन्तित रहेको पनि बताएकी छन् ।

'अर्थतन्त्रमा देखिएका तत्कालीन, अल्पकालीन र दीर्घकालीन समस्याको समाधान खोज्न जरुरी छ । अर्थतन्त्रका सूचकहरुमा पछिल्लो समयमा केही सकारात्मक संकेतहरु देखापरेको भए पनि यसको दिगोपनामा आश्वस्त भइहाल्ने अवस्था देखिएको छैन,' भण्डारीले भनिन्, 'मौद्रिक तरलताको समस्या, लगानीको लागि यथेष्ठ स्रोतको अभाव र बाह्य क्षेत्रको दबाबले गर्दा उत्पादन क्षेत्र मजबुत हुन सकेको छैन । कमजोर आर्थिक वृद्धि, बढ्दो मुद्रास्फिती र बढ्दै गएको व्यापार घाटाको स्थितिलाई सम्बोधन गर्ने उत्पादन क्षेत्रको सुधारमा हामी सबै गम्भीर बन्नु पर्दछ ।'

प्रकाशित : माघ २७, २०७९ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?