२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

घूस लिएर गलत बकपत्र गर्ने सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ — मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत तत्कालीन मालपोत अधिकृत लेखा पनेरु महतको भ्रष्टाचार सम्बन्धी मुद्दामा सरकारी साक्षीका रुपमा पेस गरिएकी भावना महतले नै घूस लिएर गलत बकपत्र गरेको भन्दै उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

घूस लिएर गलत बकपत्र गर्ने सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा

विशेष अदालतमा बकपत्र गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धानको क्रममा निजले गरेको बयान ब्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको भन्दै बुधबार सोही अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

महतलाई मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत तत्कालीन मालपोत अधिकृत पनेरुले १ लाख ५० हजार घूस मुद्दामा सरकारी साक्षीका रुपमा पेस गरेकी थिइन् ।

'विशेष अदालत, काठमाडौंसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा निजले गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको मतियारमा कसुर भएको हुँदा निज प्रतिवादी भावना महतउपर १ लाख ५०,०००।– (एक लाख पचास हजार) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको कसुरमा ऐ.ऐनको दफा २२ बमोजिम राष्ट्रसेवकलाई हुने सजायको आधा सजाय हुन मागदावी लिई माग/दाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,' आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : माघ १८, २०७९ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?