कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६०

यो गतिशील र स्थायी सरकार हो : ओली

एमाले अध्यक्ष केपी ओलीले गठबन्धन बाहिरका दलहरूलाई पनि यो सरकारलाई विश्वासको मत दिएर सँगै अगाडि बढ्न आग्रह गरेका छन्

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार गतिशील र स्थायी सरकार भएको बताएका छन् । उनले यो सरकार स्थायित्‍वका लागि गठन भएको बताए ।

यो गतिशील र स्थायी सरकार हो : ओली

उनले सरकार स्थायी भएको भन्दै कुनै पनि हल्लाको पछाडि नलाग्‍न आग्रह गरे । जनताको मतादेश र त्यसभित्र अन्तरनिहीत मनसायलाई ध्यानमा राखेर अहिलेको सरकार बनेको उनले बताए ।

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गर्दै ओलीले सुविचारित रुपमा यो सरकार गठन भएको बताए । उनले भने,'छिटो छिटो सरकार गठन भएको हो भन्ने हल्ला छ । तर यो सुविचारित ढंगबाट सरकार गठन भएको हो । सवा महिनाको अभ्यास गरेर यो सरकार बनेको हो । '

उनले सत्ता गठबन्धनको नीति तथा कार्यक्रम अत्यन्त समसामयिक र सान्दर्भिक भएको पनि उनको भनाइ थियो । 'राष्ट्रिय हितको पक्षमा, सुशासनको पक्षमा र भ्रष्ट्राचार नियन्त्रणको पक्षमा तथा सामाजिक विकासको क्षेत्रमा यो सरकारले काम गर्छ,' उनले भने ।

यस्तै नेता ओलीले सरकारलाई समर्थन नगरेका दलहरूलाई पनि विश्वासको मत दिएर सँगै अगाडि बढ्न आग्रह गरेका थिए । आफ्नो पार्टी एमाले यो सरकार निर्माणमा प्रमुख घटक भएको भन्दै ओलीले अन्य दलहरूलाई पनि विश्वासको मत दिएर सँगै अगाडि बढ्न आग्रह गरेका हुन् ।

यस्तै सरकार निर्माणविरुद्ध भएका केही शक्ति संघर्षतर्फ लक्षित गर्दै उनले 'खेलाडीहरू दर्शक' बनेको टिप्पणी गरे । 'यो संसद नेपाली जनताले चुनेर बनाएको, संसदले चुनेर सरकार बनाएको हो । सबै मित्र राष्ट्रहरूलाई यो बुझिदिन आग्रह गर्छु ।' साथै उनले यो सरकार असल परराष्ट्र नीति तथा विदेश सम्बन्ध कायम गरेर अगाडि बढ्ने पनि बताएका थिए ।

प्रकाशित : पुस २५, २०७९ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?