कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपेन्द्र यादव र महन्थ ठाकुर अचानक काठमाडौंमा

बसन्त बस्नेत

काठमाडौं — सर्लाहीमा हुने भनिएको आमसभा छाडेर मधेसी मोर्चाका नेताहरु अकस्मात् काठमाडौं फर्केका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुर र समाजवादी फोरम उपेन्द्र यादव अहिले अपराह्न जनकपुरबाट एउटै विमानमा काठमाडौं ओर्लेका हुन् ।


'म अचानक आएको हुँ, यहा अरुसँग केही कुरा हुन पाएको छैन,' काठमाडौं ओर्लेपछि ठाकुरले कान्तिपुरसँग भने, 'अहिलेसम्म वार्ताको केही खबर आएको छैन ।'
यादवले पनि आफू काठमाडौं आइपुगेको भन्दै विस्तृतमा पछि कुरा गर्ने बताए ।
तर भोलि काठमाडौं आउने भनी मधेस झरेका ठाकुर अर्का नेता यादवसँगै अकस्मात् काठमाडौं आइपुग्नुले राजनीतिक वृत्त एकाएक गर्मिएको छ ।

 

प्रकाशित : मंसिर १७, २०७२ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?