कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

काकरभिट्टाबाट ७० ट्रक र कन्टेनर आए, इन्धन आएन

पर्वत पोर्तेल

काँकडभिट्टा — भारतले नाकाबन्दी खुला भएको घोषणापछि आइतबार पूर्वी नाकाबाट ७० वटा ट्रक तथा कन्टेनरहरु भित्रिएका छन् । तर पेट्रोल, डिजेल र ग्यासका भने एउटा पनि गाडी आएका छैनन् ।

काकरभिट्टाबाट ७० ट्रक र कन्टेनर आए, इन्धन आएन



पेट्रोल भर्न गएका भारतीय आयल निगमको सिलिगुडी डिपोमा करिब ३० वटा ट्यांकर थन्किएर बसेको आयल निगम मेचीले जनाएको छ । ‘आइतबार पनि तेल भरिदिएन,’ आयल निगम मेची प्रमुख कमलेश अर्यालले भने ।

नाकाबन्दी खुला गर्ने विदेश मन्त्रालयको निर्देशन लगत्तै शनिबार साँझैदेखि सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल–भारतको सीमा नाका खुकुलो पार्दै लगेको छ । आइतबार साँझ साढे ५ बजेसम्ममा ७० बढी ट्रक र कन्टेनरहरु भित्रिएको मेची भन्सार कार्यालयले जनाएको छ । भित्रिएका ८ वटा ट्रक रित्ता छन् ।

भन्सार प्रमुख भीम अधिकारीले नाकाबन्दी खोलेको घोषणासँगै धमाधम मालवस्तुहरु आउन थालेपछि भन्सारमा पुन: चपहपहल शुरु भएको बताए ।  मालवस्तु आउने क्रम राति १० बजेसम्म जारी रहने पनि उनले जनाए ।  भारतको पानीट्यांकीमा नेपालतिर आउनका लागि करिब ३ सयजति ट्रक– कन्टेनरहरु छन् । ‘पहिलाको जस्तो चाप अब छैन’, उनले भने । केही दिनअघि सुनसान भन्सार मालवस्तुले भरिभराउ बनेको छ । सबै वस्तुलाई जाँचपास गरेर गन्तव्यमा पठाउन थालिएको छ ।

भन्सारका अनुसार नेपाल भित्रिएका मालवस्तुहरुमा क्लिङकर, जिप्सम, कपडा, इलेक्ट्रिक, आलु, प्याज, कोदो, खरानी, रेजिन, चुनालगायत छन् । भारतको पानीट्याङ्कीस्थित सीमा सुरक्षा बल (एसएसबी)का एक अधिकारीले दिल्लीबाट नाका सहज बनाउन आदेश आइसकेकाले अब चाँडै सबै सामान पठाइने बताए । पहिला एसएसबीले एउटा कन्टेनर जाँच गर्न २ देखि ३ घण्टा लगाउँदै आएकोमा अहिले आधा घण्टाभित्रमा जाँच गरेर छाड्न थालेको व्यवसायीको भनाई छ ।

 

 

प्रकाशित : आश्विन १७, २०७२ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?