कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हवाइ इन्धनको कारण देखाउँदै चाइना साउदर्नले गर्‍यो उडान रद्द

कान्तिपुर संवाददाता

काठमाडौं — चाइना साउदर्न एयरलाइन्सले चीनको ग्वाङ्झाउ-काठमाडौं-ग्वाङ्झाउ उडान रद्द गरेको छ । नेपालमा हवाइ इन्धनको समस्याले असोज १२ देखि २३ गतेसम्मका सबै उडानहरु रद्द गरिएको नेपालस्थित एयरलाइन्सका डेपुटी सेल्स म्यानेजर धिरजचन्द्र श्रेष्ठले बताए ।

हप्तामा ३ वटा उडान गर्दै आएको एयरलाइन्सले पैसा फिर्ता माग्ने यात्रुलाई पैसा फिर्ता दिने र नमाग्नेलाई रि-रुट (अरु कुनै जहाज) मार्फत उडाउने जनाएको छ । श्रेष्ठका अनुसार अहिलेलाई असोज २३ गतेसम्मका सबै उडान रद्द गरिएको र त्यसपछि इन्धनको आपूर्ति हेरेर निर्णय लिने बताए । उनका अनुसार एयरलाइन्सको मुख्य कार्यालयसँग ढाकामा रिफ्युल गरेर जहाज उडाउने कि ठूलो जहाज ल्याउने भन्ने विषयमा कुरा भइरहेको छ ।

एयरलाइन्सले यात्रु चाप बढेपछि असोज २१ गतेदेखि यो रुटमा दैनिक १ उडान भर्ने तालिका बनाएको थियो । श्रेष्ठका अनुसार अहिले चीनबाट आउने यात्रुको संख्या धेरै रहेका छन् ।
एयरलाइन्सले ११५ सिट क्षमताको जहाज मार्फत सेवा दिइरहेको छ ।

Dear agents and passengers ,We are sorry to inform you all due to aircraft Fuel problem in Nepal , China Southern...

Posted by China Southern Airline Kathmandu on Monday, 28 September 2015

प्रकाशित : आश्विन १२, २०७२ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?