कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

अघोषित नाकाबन्दी हटाउन कुटनीतिक पहल : मन्त्री रिजाल

कान्तिपुर संवाददाता

काठमाडौं — सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले भारतले लगाएको अघोषित नाकाबन्दी खुलाउने विषयमा सरकारले कुटनीतिक रुपमा प्रयास गरीरहेको जनाएका छन् ।

अघोषित नाकाबन्दी हटाउन कुटनीतिक पहल : मन्त्री रिजाल

मन्त्री रिजालले अन्तर्राष्ट्रिय समुदायलाई आर्थिक नाकाबन्दी र यसले जनजीवनमा पारेको असरका बारेमा जानकारी गराउने काम गरेको बताए । ‘भारतले अघोषित रुपमा नाकाबन्दी गर्नु दु:खको कुरा हो,’ नेविसंघको डेभ कलेज इकाई समिति र जापनिज भूकम्प सहयोगी संस्थाको संयुक्त आयोजनामा मंगलबार भएको कार्यक्रममा संचारमन्त्री रिजालले भने, ‘नाकाबन्दी खुलाउन भारतसरकारसँगै कुटनीतिक पहल भइरहेको छ, लामो समयसम्म यो अप्ठ्यारो रहँदैन ।’

कार्यक्रममा नेविसंघका अध्यक्ष रंजित कर्ण, विद्यार्थी नेता क्षितिज भण्डारी, प्रणयसिंह मुन्ना, मोतीलाल भण्डारीलगायतले अन्र्तराष्ट्रिय कानून विपरित भारतले लगाएको नाकाबन्दीलाई अन्र्तराष्ट्रिय करण गरी दबाव दिनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित : आश्विन १२, २०७२ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×