१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

खुसियाली सभामा यसरी व्यक्त भयो खुसी (फोटो फिचर)

काठमाडौं — संविधान जारी भएको भोलिपल्ट सरकारले काठमाडौंको टुँडिखेलमा खुसियाली सभा गर्‍यो ।
सरकारको आयोजनामा भएको सभामा हजारौं उपस्थित थिए । प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले काठमाडौंका विभिन्न ठाउँबाट जुलुससहित सभामा सहभागिता जनाएका थिए ।

खुसियाली सभामा यसरी व्यक्त भयो खुसी (फोटो फिचर)

संविधान जारी भएको भोलिपल्ट सरकारले काठमाडौंको टुँडिखेलमा खुसियाली सभा गर्‍यो।

सरकारको आयोजनामा भएको सभामा हजारौं उपस्थित थिए। प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले काठमाडौंका विभिन्न ठाउँबाट जुलुससहित सभामा सहभागिता जनाएका थिए । तर, झण्डासहित अन्य दलका नेता कार्यकर्ताको उपस्थिति पातलो देखियो।

तस्बिरहरु : केशब थापा र सालीग्राम तिवारी

सभामा दलविहीन नागरिक राष्ट्रिय झण्डासहित उपस्थित भए । अधिकांश युवा सहभागिता देखिएको थियो।

कर्मचारीहरु सरकारी पोसाकमै थिए । उनीहरुको हातमा राष्ट्रिय झण्डा देखिन्थ्यो।

काठमाडौंका विभिन्न ठाउँबाट झाँकी निकालियो । जातीय पहिरनसहित सभामा आएको झाँकी समूहले कौशल प्रदर्शन गर्‍यो ।

१ बजेका लागि तोकिएको सभा एक घण्टा ढिला सुरु भयो। तर, पट्यारलाग्दो भाषण गर्ने परम्परा तोड्दै तीन शीर्ष नेता प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरे । सम्बोधन पनि १० मिनेट हाराहारीमात्रै थियो।

कोइराला, ओली र दाहालको सम्बोधनमा कुनै गाली, घोचपेच र आरोप थिएनन् । शीर्ष नेता बोल्दा आफ्ना कार्यकर्ताले हुटिङ गरे

प्रकाशित : आश्विन ४, २०७२ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?