कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भदौ २८ गते संविधान आउँछ, दीपावली गर्न तयार हुनुस्’

काठमाडौं — एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले भदौ २८ गते संविधान जारी हुने भन्दै दिपावालीको लागि तयार भएर बस्न आग्रह गरेकी छन् । ‘अब संविधान बन्यो निश्चित हुनुस्, हामीले संविधानसभामा हस्ताक्षर गरेपछि भदौ २८ गते संविधान जारी हुन्छ,’ उनले भनिन् ।

‘भदौ २८ गते संविधान आउँछ, दीपावली गर्न तयार हुनुस्’

एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले भदौ २८ गते संविधान जारी हुने भन्दै दिपावालीको लागि तयार भएर बस्न आग्रह गरेकी छन् ।

‘अब संविधान बन्यो निश्चित हुनुस्, हामीले संविधानसभामा हस्ताक्षर गरेपछि भदौ २८ गते संविधान जारी हुन्छ,’ भण्डारीले शनिबार रिपोर्टर्स क्लवको साक्षात्कारमा भनिन्, ‘सबै दिपावली गर्न तयार भएर बस्नुस् । संविधान निर्माणको प्रक्रिया रोकिँदैन । भोलिबाटै सुरु हुन्छ ।’

भण्डारीले तराईमा भइरहेको आन्दोलनलाई साम्प्रदायिक दंगा तर्फ लान खोजिएको आरोप लगाउँदै यस अवस्थामा तराईका जनताको शान्ति सुरक्षाको लागि परिचालन गरिएकाले सेना परिचालन फिर्ता नहुने स्पष्ट पारिन् ।

‘उपचार गर्न लगिएका सुरक्षाकर्मीलाई मार्ने, पार्टी कार्यालयमा आगजनी गर्ने, आगलागी गर्न आउने अनि सुरक्षा गर्न सेना ब्याक फोर्सको लागि आउन नहुने ?,’ उनको प्रश्न थियो ।

एमाले , काग्रेस र एमाओवादीले मधेसबाट सबैभन्दा बढी प्रतिनिधित्व गरेको अवस्थामा उनीहरुले मधेसको प्रतिनिधित्व गर्दैनन् भन्ने कुरा हास्यास्पद भएको उनको भनाइ थियो । उनले प्रश्न गरिन्, ‘एमालेको यादव यादव नहुने, उनीहरुका यादव यादव नै रहने ?’

कांग्रेस नेता अर्जुन नरसिंह केसीले आन्दोलनरत पक्षहरु बार्तामा आउनै पर्ने भन्दै बार्तामा आएपछि सेना पनि ब्यारेक फर्किने बताए ।

‘बाहिर बसेर माग पुरा हुँदैन । मधेस आतंककारीको स्वर्ग बन्न थाले समस्या आउँछ,’ उनले भने, ‘वार्ताको विकल्प छैन ।’

एमाओवादी नेता अग्निप्रसाद सापकोटाले मधेसको माग प्रष्ट नभएको बताए । ‘सप्तरीदेखि पर्सासम्म मधेसको पहिचान स्थापित भएको छ । अहिले जनकपुरको भेटीले प्रदेश चल्छ भनेर पोजिसन लिन मिल्दैन,’ उनले भने, ‘बरु थारुको क्लस्टर क्षत विक्षत पारिएको छ, उनीहरुको माग सम्बोधन गर्नुपर्छ ।’

प्रकाशित : भाद्र २६, २०७२ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?