सेना परिचालन भएको छैन : रक्षा सचिव

कान्तिपुर संवाददाता

काठमाडौं — रक्षा सचिव ईश्वरीप्रसाद पौडेलले आन्दोलनरत क्षेत्रमा नेपाली सेना परिचालन नभएको बताएका छन् ।

कैलाली, रौतहट, सर्लाहीलगायतका जिल्लामा नेपाली सेना परिचालन भएको गृहमन्त्री वामदेव गौतमले संसद् बैठकमा बताएका थिए ।
सचिव पौडेलले भने, ‘सेना परिचालनसम्बन्धी अन्तरिम संविधानले प्रष्ट व्यवस्था गरेको भन्दै सुरक्षा परिषद्को निर्णय अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मात्रै सेना परिचालन गर्नसक्न छन् ।’ उनले भने, ‘अहिले त्यस्तो निर्णय भएको छैन र सेना परिचालन भएको छैन, कसले कहाँ के भने मलाई थाहा छैन ।’

 

प्रकाशित : भाद्र १०, २०७२ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्

ओमानमा २ नेपालीको मृत्यु

होम कार्की

दोहा — वैदेशिक रोजगारीको लागि ओमानमा कार्यरत दुई नेपालीको मुत्यु भएको छ । गैरआबासीय नेपाली संघ, ओमनका सचिब पुर्णबहादुर श्रेष्ठका अनुसार मृत्यु हुनेमा शिकारकोट–२, पाल्पाका भवन सिंह गाहा र हटिया–७, बाग्लुङका गमबहादुर खत्री छन् ।


४ बर्षदेखि ओमानमा कार्यरत २८ बर्षिय गाहाको सुतिरहेको अबस्थामा अगस्ट २१ मा मृत्यु भएको हो । उनी सीसीसी कम्पनीमा कार्यरत थिए ।
३१ बर्षिय खत्रीले भने क्याम्प बाहिर रहेको रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् । अगस्ट २५ मा भुन्डिएको अबस्थामा फेला परेका थिए । दुई बर्षदेखि जहुर अन्मार ट्रेडिङ कम्पनीमा कार्यरत खत्रीको आत्महत्याको कारण खुलेको छैन ।
ओमनस्थित नेपाली दुतावासका श्रम सहचारी भवनाथ खतिवडाले दुवै मृतकको शवलाई नेपाल पठाउने कार्य भइरहेको जनाएका छन् ।

प्रकाशित : भाद्र १०, २०७२ १२:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×