कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एआईआईबीलाई नेपालमा लगानी गर्न ढकालको आग्रह

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

एआईआईबीलाई नेपालमा लगानी गर्न ढकालको आग्रह

एआईआईबीको सञ्चालक समितिका पदाधिकारी र नेपालको निजी क्षेत्रका प्रतिनिधिसँग मंगलबार चन्द्रागिरिमा भएको भेटमा अध्यक्ष ढकालले एआईआईबीलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

भेटमा नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावित अवसरको खोजीमा विशेष छलफल भएको थियो । एआईआईबीले यातायात, ऊर्जा र सहरी विकासलगायतका क्षेत्रमा कसरी बढी योगदान दिन सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो । नेपालको दिगो विकासमा निजी क्षेत्रले कसरी योगदान गर्न सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।

नेपाल विकासको अपार सम्भावना भएको देश भएको ढकालको भनाइ छ । नेपाल रणनीतिक रूपमा दुई ठूला अर्थतन्त्र भारत र चीनका बीचमा रहेकाले यहाँ उत्पादित वस्तुलाई विश्वका दुई ठूला बजारमा सहज पहुँच पुर्‍याउन सक्ने ढकालको भनाइ छ । नेपालमा पूर्वाधार, ऊर्जा, पर्यटन र कृषिमा लगानीको सम्भावना रहेको उनले बताए ।

प्रकाशित : चैत्र १४, २०८० ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?