कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुजुकीको मोटरसाइकल वा स्कुटर खरिदमा १० हजार नगद छुट 

काठमाडौँ — नयाँ वर्षको अवसरमा सुजुकीको मोटरसाइकल वा स्कुटर खरिदमा १० हजार नगद छुट पाउने भएको छ । सुजुकीको आधिकारिक बिक्रेता भीजी अटोमोबमाईल्सलेआफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा ‘ नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना ल्याएको हो ।

सुजुकीको मोटरसाइकल वा स्कुटर खरिदमा १० हजार नगद छुट 

यो योजना अन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ नगद छुट साथै थप स्क्र्याच कार्ड मार्फत १० हजार रुपैयाँसम्म क्यास एक्कासी पाइनेछ ।

कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्याकंन भन्दा थप मोटरसाइकलमा १५ हजार र स्कुटरमा २० हजार रुपैयाँ पाइनेछ ।

सुजुकीको मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा उपलब्ध हुने छ । यो योजना आगामी जेठ १८ सम्म लागु हुनेछ ।

प्रकाशित : चैत्र १४, २०८० १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?