ब्रोडवे इन्फोसिसलाई एसोसीयो एड-टेक अवार्ड

काठमाडौँ — सूचना प्रविधिसम्बन्धी प्रशिक्षण प्रदान गर्ने संस्था, ब्रोडवे इन्फोसिस प्रालि यस वर्षको 'एसोसीयो एड-टेक अवार्ड २०२३' बाट सम्मानित भएको छ ।

नोभेम्बर १३, १४ र १५ मा दक्षिण कोरियाको सोलमा आयोजित कार्यक्रममा ब्रोडवे इन्फोसिसका तर्फबाट प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारी र व्यवसाय विकास निर्देशक उत्तम अधिकारीले सम्मान ग्रहण गरेका थिए । सूचना र सञ्चार प्रविधिको शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै एशियन–ओसोनियन कम्प्युटिङ उद्योग संगठन (एसोसीयो) ले सो ब्रोडवेलाई सम्मान गरेको विज्ञप्तिमा छ ।
एसोसियोमा एसिया प्रशान्त क्षेत्रका २४ संस्था आवद्ध छन् । पुरस्कार छनोट प्रक्रियामा नेपालका तर्फबाट कम्प्युटर एसोसियसन अफ नेपालले प्रतिनिधित्व गरेको थियो । सोही समारोहमा वर्ल्डलिंक कम्युनिकेसनसले डिजिटल ट्रान्सफरमेसन अवार्ड प्राप्त गरेको थियो ।
प्रकाशित : मंसिर ५, २०८० १७:०८