सीजी मोटर्सका गाडी किन्न प्रभु बैंकले सहज कर्जा दिने


काठमाडौँ — सीजी मोटर्सले बिक्री गर्दै आएको नेटा भी र सीजी केवाईसी भी ५ विद्युतीय गाडी खरिदमा प्रभु बैंकले कर्जा दिने भएको छ । दुवै पक्षबीच भएको सम्झौता अनुसार अब नेटा भी र सीजी केवाईसी भी ५ इलेक्ट्रिक गाडी खरिद गर्ने ग्राहकले प्रभु बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।

सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल तथा ग्राहक कर्जा प्रमुख बिरेन्द्र भट्ट र सीजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरे । सम्झौताअनुसार गाडी खरिद गर्दा ग्राहकले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा ८० प्रतिशतसम्म कर्जा पाउने छन् । गाडी खरिद गर्न चाहने ग्राहकलाई सुलभ र सहज वित्तीय सेवा प्रदान हुने सीजीको भनाइ छ । सम्झौता अनुसार प्रभु बैंकका सबै शाखाबाट ग्राहकलाई गाडीको लागि ७ वर्ष अवधिसम्मको लागि सुलभ ऋण सुविधाहरू सजिलोसाग उपलब्ध हुनेछ । २० प्रतिशत डाउन पेमेन्टमै विद्युतीय गाडी किन्न पाइने सुविधा छ ।