सम्झनाहरुको तुक्का नै त हो जिन्दगी
बाँसको हाागाबाट –
जब आम्लारी फुङ वेदनाको पालाम गाउँदै खस्छ
सोच्छु आखिरीमा म पनि एक दिन जानु नै छ ।
धेरैपल्ट–
आफ्नै हृदयलाई सम्सुम्याएर भित्र हेर्न कोसिस गरेँ
अलिकति प्रेम रहेछ
अलिकति सम्बोधन रहेछ
तर,
त्योभन्दा धेरै आफ्नै अनुभवहरुको डिट रहेछ ।
म त कसरी–कसरी
माथि घरको मूल खम्बामा अल्झिरहेको आफन्तको सोघाजस्तो
पर बारीमा एक्लै बसिरहेको पुङ साम्माङजस्तो
घुमाउने घरको घरबुढीजस्तो
बा तकतक बसिरहेको रहेछु सपनाहरुको माङगेन्ना उठाउन नसकेर ।
देशै छोडेर–
कहीा कतै जानु पनि सकिना
कहिलेकाहीा साह्रै नमिठो गरी विरक्ति पठाउँछु
सिकमुरी फूलजस्तो
सिमेक्वा चरीजस्तो
हाउ नाक्मा
बा कसोकसो आफ्नै दु:ख सम्झिन्छु र पर घामलाई हेरी पठाउाछु ।
जन्मेपछि मर्नु संसारको रीत हो
कति हितका दौंतरीहरु गइसके संसार छोडेर
तर, सम्झना त झन् बल्झिएर आउादो रहेछ
मन हुनु भनेको पनि संसारको सबै दु:ख बुझ्नु रहेछ ।
यो ढुंगाको चेप हुादै बगेको पानी
मेरो आाखाबाट बगेर गएको आासु हो कि ?
घरमाथि एक्लै उभिएको बडरको रुख
आफन्तहरु छुटेर गएको निशानी हो कि ?
आागनमा एक्लै उभिइरहेको लाभेन्दाको बोट मेरो सपनाको जंगल हो कि ?
यसरी मैले धेरैपल्ट कल्पेको छु
आफ्नै आँसुका थोपाहरुलाई कुल्चादै कुल्चादै बेंसीतिर धान रोप्न गएको बेला ।
यसरी सोच्नुहुन्न थियो कि ?
यसरी त बुझ्नहुन्न थियो कि ?
तर, परिबन्ध पनि यसरी आइलाग्छ कि,
जब धारिलो ढुंगाका टुक्राहरुलाई मेरो पाइतलाले कुल्चिन्छ
त्यति नै पल्ट छाम्छु तिम्रो मायाले दुखेको मेरो मुटु
तर,
त्यो गलत रहेछ आफैंलाई बिर्सिएर अरुप्रति मरिमेट्नु ।
प्रकाशित : पुस २१, २०८० ०९:५६