कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनको मूल्य दुई हजार एक सय रुपैयाँले बढ्यो

काठमाडौँ — स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । 

सुनको मूल्य दुई हजार एक सय रुपैयाँले बढ्यो

बिहीबार प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि एक लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख २७ हजार तीन सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख २९ हजार चार सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार पाँच सय २५ रुपैयाँ पुगेको छ ।

प्रकाशित : चैत्र १६, २०८० १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?