कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर वार्षिक ग्राहक योजनाका विजेतालाई गाडी हस्तान्तरण

काठमाडौँ — कान्तिपुर पब्लिकेशन्स्‌को १७ औं ‘कान्तिपुर सब्स्क्राइब एन्ड ड्राइभ’ वार्षिक ग्राहक योजनाका विजेतालाई बम्पर उपहार हस्तान्तरण गरिएको छ ।
पब्लिकेशन्स्‌को केन्द्रीय कार्यालय थापाथलीमा शुक्रबार आयोजित कार्यक्रममा विजेता न्यू जितपुर हार्डवेयरकी सञ्चालिका हिराकला शर्मालाई कान्तिपुर मिडिया ग्रुपका चिफ अफ स्टाफ शिशिर पछाई र कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले संयुक्त रुपमा गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।

कान्तिपुर वार्षिक ग्राहक योजनाका विजेतालाई गाडी हस्तान्तरण

कार्यक्रममा काठमान्डू पोष्टका सम्पादक विश्वास बराल र किया सोनेटका मार्केटिङ म्यानेजर सुरहितविक्रम शाहले विजेता शर्मालगायत उपस्थित थिए । विजेता शर्मा कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका - ४ जितपुरकी हुन् ।

गाडीको साँचो पाएपछि खुसी हुँदै शर्माले पसल र घरमा २ वटा पत्रिकाको ग्राहक बन्दा उपहार जित्न सफल भएको बताइन् । ‘दैनिक पत्रिका लिन्छौं, छोराहरु कान्तिपुरको वार्षिक ग्राहक योजनामा पनि सहभागी भएको रहेछ,’ उनले भनिन्, ‘पत्रिका लिन थालेको पहिलो वर्षमै गाडी जित्न सफल भयौं ।’

गत माघ ८ मा कान्तिपुरले वार्षिक ग्राहक योजनाअन्तर्गत रसिद नम्बर ३५२२२ को न्यू जितपुर हार्डवेयरले बम्पर प्राइजअन्तर्गत ‘कियाको सोनेट’ कार जितेको घोषणा गरेको थियो । त्रिपुरेश्वरस्थित सिभिल मलमा आयोजित विजेता घोषणा कार्यक्रममा अभिनेता तथा निर्देशक दीपकराज गिरीले रसिदलाई मिक्स गरेपछि अभिनेत्री बेनिशा हमालले लक्की ड्र बाट रसिद नम्बर ३५२२२ तान्दा न्यू जितपुर हार्डवेयरले किया सोनेट कार जितेको थियो ।

कान्तिपुर पब्लिकेशन्स्‌ले हरेक वर्ष देशभर वार्षिक ग्राहक योजना सञ्चालन गर्दै आएको छ ।

प्रकाशित : चैत्र १६, २०८० १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?