कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

भदौका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरे ब्याजदर, कुन बैंकको कति ?

कान्तिपुर संवाददाता

काठमाडौँ — वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर प्रकाशन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार साउनको तुलनामा करिब १ दर्जनको सामान्य बढेको छ भने केहीको स्थिर त केहीको घटेको छ ।

भदौका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरे ब्याजदर, कुन बैंकको कति ?

अघिल्लो महिनाको तुलनामा अधिकतम १० प्रतिशत मात्रै ब्याजदर घटाउन वा बढाउन पाउने व्यवस्था छ । भदौका लागि व्यक्तिगत मुद्दतीमा कुनै पनि बैंकको ब्याजदर १०.८९६ प्रतिशतभन्दा बढी छैन । व्यक्तिगत मुद्दतीमा भन्दा रेमिट्यान्स मुद्दती खातामा अधिकतम १ प्रतिशत बिन्दु बढी ब्याज दिन सक्ने प्रावधानअनुसार त्यस्तो खातामा अधिकतम ११.८९६ प्रतिशतसम्म ब्याजदर बैंकहरुले प्रदान गर्नेछन् । त्यस्तै संस्थागत मुद्दतीमा व्यक्तिगतभन्दा २ प्रतिशत बिन्दु कम दिनुपर्ने व्यवस्थाअनुसार संस्थागत मुद्दतीमा अधिकतम ८.८९६ प्रतिशतसम्म बैंकहरुले ब्याजदर प्रदान गर्नेछन् ।

कृषि विकास, नेपाल, सानिमा, कुमारी, ग्लोबल आईएमई, एनआईसी एसिया र सिटिजन्स बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै अधिकतम १०.८९६ प्रतिशतसम्मको ब्याजदर प्रकाशन गरेका छन् । ३ महिनाभन्दा बढी अवधिको लागि यी बैंकले अधिकतम १०.८९६ प्रतिशतसम्म ब्याजदर दिनेछन् ।

एभरेस्ट र प्रभु बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम १० प्रतिशत ब्याजदर दिनेगरी सूचना सार्वजनिक गरेका छन् । राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे, सिद्धार्थ, हिमालयन, एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ९.९९ प्रतिशतसम्म ब्याजदर दिनेछन् । लक्ष्मी सनराइजले १०.४० तथा नबिलले (अवधि २ वर्षमाथि) १०.४९ प्रतिशतसम्म यस्तो ब्याजदर दिनेछन् । स्टान्डर्ड चार्टडको ब्याजदर भने सबैभन्दा कम ८.९२ (अवधि १ वर्षमाथि) यस्तो ब्याजदर सार्वजनिक गरेको छ ।


प्रकाशित : श्रावण ३२, २०८० १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?