२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

पहिलो पटक 'इन्साइडर ट्रेडिङ' कसुरमा गुरुप्रसाद न्यौपाने विरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौँ — आफू अध्यक्ष रहेकै बखत रिडी पावर कम्पनीको सेयरमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको कसुरमा गुरुप्रसाद न्यौपाने विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा परेको छ । सूचीकृत संगठित संस्था रिडी पावर कम्पनी लि.का तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपाने उपर भित्री कारोबारको कसुरमा नेपाल धितोपत्र बोर्डले सरकारी वकिलको सहयोगमा मुद्दा दर्ता गरेको हो । भित्री कारोबार सम्बन्धमा यसरी अदालतमा मुद्दा दर्ता भएको नेपालमा पहिलो घटना हो ।

पहिलो पटक 'इन्साइडर ट्रेडिङ' कसुरमा गुरुप्रसाद न्यौपाने विरुद्ध अदालतमा मुद्दा दायर

रिडी पावर कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष न्यौपानेले उक्त कम्पनीको सेयर निज सो पदमा बहाल रहँदाकै बखत २०७७ चैत १९ देखि ०७८ साउन २४ सम्म खरिद बिक्री गरेको विषयमा तहकिकात गर्दा निजले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ बमोजिमको भित्री कारोबार गरेको देखिएकोले उक्त कसुरमा निज उपर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको बोर्डले जनाएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (१) बमोजिमको सजायको माग दाबी लिई बुधबार जिल्ला अदालत बबरमहल, काठमाडौंमा मुद्दा दायर गरिएको हो । बोर्डको अनुसन्धानबाट न्यौपानेले ३ करोड २३ लाख रुपैयाँ बराबरको विगो कसुर गरेको खुल्न आएको छ । अदालतले पनि न्यौपानेलाई दोषी ठहर गरेको हकमा न्यौपानेले ३ करोड २३ लाख बिगो र सो बराबर जरिवानासहित एक वर्ष जेल बस्नु पर्ने व्यवस्था धितोपत्र ऐनमा छ ।

प्रकाशित : चैत्र ९, २०७९ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?