२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

डिजेल प्लान्ट 'सेतो हात्ती' : आपूर्ति मन्त्री

काठमाडौं — सरकारले लोडसेडिङ अन्त्यको लागि डिजेलबाट सन्चालन हुने थर्मल प्लान्ट ल्याउने तयारी गरिरहेको बेला वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले थर्मल प्लान्ट नेपालको लागि उपयुक्त नभएको दाबी गरेका छन् ।

डिजेल प्लान्ट 'सेतो हात्ती' : आपूर्ति मन्त्री

थर्मल प्लान्ट नेपालको लागि थेग्नै नसक्ने 'सेतो हात्ती' सावित हुने आपूर्तिमन्त्रीको भनाइ छ । 'जुन देशमा डिजेल छैन त्यो देशमा डिजेल प्लान्ट उपयुक्त हुन सक्दैन,' शुक्रबार रिपोर्टर्स क्लवमा उनले भने, 'डिजेल प्लान्टको साटो ट्रान्समिसन लाइन निर्माण, सोलार ऊर्जाको विकास र साना जलविद्युत विकासमा लाग्नु उपयुक्त हुन्छ ।'
मन्त्री भट्टले ऊर्जामन्त्री आफूभन्दा पनि इमान्दार भएको भन्दै केही तत्त्वले कमिसनको हिसावमा प्लान्ट खरिदको योजना बनाएको हुन सक्ने आशंका ब्यक्त गरे ।
मन्त्री भट्टले एक साताभित्रमा अहिले देखिएको पेट्रोलियम पदार्थको अभाव अन्त्य हुने दावी गर्दै सरकार तत्कालको लागि डिजेल र ग्यासमा भ्याट हटाएर समस्या समाधानमा लागेको खुलासा गरे । उनले पेट्रोल र मटि्टतेलको मुल्य भने भारतमा कायम हुने मूल्यकै आधारमा मुल्य समायोजन गर्दै जाने बताए ।
किसान, विद्यार्थी र आन्दोलनका सहिद, घाइते परिवारलाई राहत दिने गरी नयाँ योजना समेत तयार पारिएको मन्त्री भट्टले जानकारी दिए । ब्याजको विषयलाई लिएर मन्त्रिपरिषद्ले निर्णय गरे पनि नागरिक लगानी कोष र सञ्चय कोषले रकम दिन केही ढिलाई गरेको कारण आपूर्ति सहज बनाउन नसकिएको उनको तर्क थियो ।
 

प्रकाशित : पुस १५, २०६८ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?