२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

क्यासिनो सांग्रिला बन्द

काठमाडौ — मजदुर युनियनबीचको विवादले मलेसियाली कम्पनी स्टार म्यानेजमेन्टद्वारा सञ्चालित क्यासिनो सांग्रिला बन्द भएको छ ।


क्यासिनोमा पहिले माओवादी निकट युनियन मात्र रहेकामा एमाले समर्थन गर्ने कर्मचारीले छुट्टै युनियन बनाउन खोज्दा विवाद उत्पन्न भएको व्यवस्थापनले जनाएको छ ।
एमाले र माओवादीबीचको झगडाले डेढ महिनायता क्यासिनो राम्ररी सञ्चालन हुन नसकेपछि व्यवस्थापनले बन्द गर्ने निर्णय गरेको हो । यसको जानकारी श्रम विभाग र बोर्डलाई समेत दिइसकेको छ । 'दुई युनियनबीचको झगडाले अन्य कर्मचारी पनि आउन छाडे,' स्रोतले भन्यो, 'युनियनका नेताहरूले घरै बसी बसी तलब दिलाइदिन्छौ भन्दै कर्मचारीलाई उक्साएको पायौं ।'
क्यासिनोका विशेष योजना निर्देशक बोधविक्रम पाण्डेका अनुसार पटकपटक वार्ता गर्दा पनि समस्या समाधान नभएपछि बाध्य भएर बन्दको निर्णय गर्नुपरेको हो ।
एमाले युनियनका अध्यक्ष दिनेश घिमिरेले भने व्यवस्थापनले क्यासिनो बन्द भएको अवधिको घाटा कर्मचारीको तलबबाट कट्टा गर्ने निर्णय गरेपछि विवाद चर्किएको बताए । 'हामीले व्यवस्थापनको कुरा नमानेका हौं,' उनले भने । युनियन झगडाले समस्या आएको माओवादी युनियन अध्यक्ष रामकृष्ण श्रेष्ठ स्विकारे ।

प्रकाशित : पुस १५, २०६८ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?