२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

खानी खोज्न विदेशीको ओइरो

दीपेन्द्र विष्ट

काठमाडौ — नेपालको प्राकृतिक स्रोतमध्ये जलविद्युत्मा मात्रै केन्दि्रत विदेशीहरूको चासो अब बिस्तारै खानीतर्फ पनि मोडिन थालेको छ । भारतीयको रुचि खरी ढुंगातर्फ बढी देखिएक छ भने र चिनियाँहरू सुन खोज्दै नेपाल भित्रिन थालेका छन् ।

खानीमै लगानी गर्ने इच्छा देखाएर ६० चिनियाँ २० भारतीय कम्पनी यहाँ दर्ता भइसकेका छन् । कस्मेटिक, साबुन र केही औषधिमा समेत खरी ढुंगाको प्रयोग हुन्छ । 
खानेपानी तथा भू-गर्भ विभागका वरिष्ठ इन्जिनियर केडी झाका अनुसार शान्ति बहालीसँगै हालै भारतसँग भएको द्विपक्षीय लगानी प्रवर्द्धन संरक्षण सम्झौता
(बिप्पा) ले विदेशी आकषिर्त भइरहेका छन् । 'यहाँ भूमिगत खनिज पदार्थको निकै सम्भवना छ,' उनले भने । खानीको सम्भवना भएको ठाउँसम्म सरकारले सडक र बिजुली पुर्‍याइदिनुपर्ने उनले बताए ।
विभागका माइनिङ इन्जिनियर रमानन्द चौधरीले गत आर्थिक वर्षदेखि खरी ढुंगा, कालो ढुंगा, चुन ढुंगा लगायतको लाइसेन्सको लिने बढेको बताए । तामाका लागि  ३१, फलामका लागि २४ र काइनेट निलम खोज्न २२ कम्पनीले लाइसेन्स लिएका छन् । यी लगानीकर्ताहरू नेपाली नागरिकको नाममा लाइसेन्स लिएर काम गरिरहेका छन् । वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४८ अनुसार विदेशी कम्पनीले सोझै आफ्नै नाममा लाइसेन्स लिन पाउने भए पनि अहिलेसम्म कम्पनीकै रूपमा भने लगानी आइसकेको छैन ।
विभिन्न खनिज पदार्थ खोजतलासका लागि ५ सयभन्दा बढी कम्पनीले लाइसेन्स लिए पनि उत्खननका लागि करिब ८० कम्पनी अगाडि आएका छन् । कणर्ाली, राप्ती, त्रिशूली लगायत रोल्पाका केही क्षेत्र प्लेसर सुनका लागि सम्भावित क्षेत्र मानिन्छन् । खरी ढुंगाका लागि सुदूर र मध्यपश्चिमका पहाड बढी उपयुक्त देखिएका छन् । खरी ढुंगा खोजतलास लागि दर्ता भएका अधिकांश लाइसेन्सले सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेलधुरा, बझाङ र बाजुरा जिल्ला छनोट गरेका छन् ।
खरी ढुंगाबाट निस्केको सेता पेपर, साबुन, औषधि लगायत शृंगारका वस्तुमा प्रयोग गरिन्छ । खरी ढुंगाबाट पाउडर बनाउनका लागि नेपाली नागरिक मार्फत भारतीयले कैलालीमा दुई वटा मेसिन जडान गरिसकेका छन् । चुन ढुंगा खोजतलासका लागि पाल्पा, अर्घाखाँची र गुल्मी जिल्ला छनोट गरिएका छन् ।
समेन्टको कच्चा चुन ढुंगाका खोजतलासमा भने स्वदेशी ठूला घरानाको आकर्षण देखिएको छ । चुन खानीका लागि १ सय ६० वटा लाइसेन्स जारी भएका छन् । चौधरी, गोल्छा, खेतान केडिया लगायत घरानाले चुन ढुंगा खोजतलासीको लाइसेन्स लिएका छन् । 
यसमध्ये २६ कम्पनीले उत्खननका लागि अनुमति लिइसकेका छन् । विभागबाट लाइसेन्स लिएबापत कम्तीमा पाँच हजार वा त्योभन्दा माथि भू-भाग ओगटेको आधारमा कर तिनुपर्ने
हुन्छ ।
यस्ता खानी खोजतलासका लागि एकै परिवारका चार/पाँच जनाले लाइसेन्स लिएका छन् । प्लेसर सुन खोजतलासका लागि चिनियाँले करोडौं रुपैयाँ लगानी गरिसकेको छन् । उत्खनन र उत्पादनको चरणमा भने उनीहरू हालसम्म पुग्न सकेका छैनन् । 

प्रकाशित : पुस १५, २०६८ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?