१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७६

श्यामसुन्दर राजवंशी

श्यामसुन्दर राजवंशीका लेखहरु :

रातो मत्स्येन्द्रनाथको कथा र इतिहासबीचको अन्योल

वर्षा, सहकाल एवं अन्नका देवता बुंगमलोकेश्वर हुन् । यसलाई बौद्धमार्गीहरूले श्रीमदार्यावलोकितेश्वर, लोकनाथ, करुणामय ,पद्मपाणि, लसवद्यः, बुंगद्यः आदि पनि मानेर पूजा गर्दै आए । वैष्णवहरूले यसलाई भगवान् विष्णुको मत्स्यावतार एवं मत्स्य नारायणको मानव रुप  अर्थात् विरिञ्चीनारायण हो भनेर पनि मान्दै आए । रक्तवर्ण अवलोकितेश्वर भएकाले हिन्दूहरूले यसलाई उदाउन लागेको सूर्यनारायणको रुपमा पनि पूजा गर्दै आए ।

राष्ट्रनिर्माताको जन्ममितिमै अन्योल

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका बारेमा स्वदेशी तथा विदेशी शीर्षस्थ इतिहासकारहरूले मनग्गे लेखेका छन् । उनै राष्ट्रनिर्माताको जन्ममिति भने पुस्तक तथा शोध–अनुसन्धानपिच्छे फरक–फरक छ ।

‘लिच्छवि संवत्को निर्णय’ का त्रुटिहरू

इतिहासविद् नयराज पन्तको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित कृति हो– ‘लिच्छवि संवत्को निर्णय’ (२०४३) । नेपालका बौद्धिक, प्राज्ञिक विभूति कहलिएका पन्तले त्यस कृतिको पृष्ठ ५६१ मा लेखेका छन्, ‘जसले उपपत्ति बुझ्दछन्, तिनीहरू त भन्नेबित्तिकै कुरा बुझिहाल्छन् । जो उपपत्ति बुझ्दैनन् अथवा फोस्रो घमन्ड गरेर हिँड्छन्, तिनीहरूलाई गणित देखाई बुझाइदिनुपर्छ ।’