जितेन्द्र साह

फेरिँदै इनरुवा अस्पताल

समर्पणका साथ काम गरे के हुन्न ? यसको उदाहरण हो, सुधारपथमा अग्रसर ८५ वर्ष पुरानो सुनसरीको इनरुवा अस्पताल । ५० शय्याको अस्पतालमा प्रसूति एकाइ, बहिरङ्ग, आकस्मिक कक्ष र प्रयोगशालामा अचेल बिरामी भभिभराउ हुन्छन् ।

कर नतिर्नेको सूची लम्बियो

प्रदेश १ को राजधानी विराटनगरमा कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै गइरहेको छ । यहाँस्थित आन्तरिक राजस्व कार्यालयले आव २०७५/७६ को १३ जेठमा कर तिर्न अटेरी गर्ने ६२ उद्योगी व्यवसायीविरुद्ध १५ दिनभित्र कर बक्यौता चुक्ता गर्न सूचना जारी गर्‍यो । उनीहरूले २९ करोड ७४ लाख रुपैयाँ बुझाउन बाँकी थियो । यो गत आर्थिक वर्षको भन्दा झन्डै दोब्बर हो । 

विज्ञापन गर्दा पनि चिकित्सक आएनन्

प्रदेश १ सरकारले विज्ञापन गर्दा समेत सरकारी आयुर्वेद स्वास्थ्य केन्द्रहरूका लागि विज्ञ चिकित्सक पाउन सकेन । अन्य दक्ष प्राविधिक जनशक्ति पनि सरकारी जागिर खान आएनन् । यसले गर्दा पूर्वाञ्चललाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरकै आयुर्वेद उपचार एवं जडिबुटी उत्पादनको केन्द्र बनाउने सामाजिक विकास मन्त्रालयको योजनाले गति लिन सकेको छैन । 

काम परेपछि मात्रै नागरिकता

दिनहुँ औषत १० वटा वंशजको नागरिकता । फाटफुट अंगिकृत नागरिकता प्रमाणपत्र । पाँच/सात प्रतिलिपि । सम्पूर्ण कागजातसहित आएका सेवाग्राहीलाई बढीमा आधी घण्टाभित्र नागरिकता वितरण । सीमावर्ती मोरंङको रंगेली नगरपालिकास्थित इलाका प्रशासन कार्यालयको दृश्य हो ।

जितेन्द्र साहका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।