सन् २०१८ को अक्टुबर महिनामा भारतको नयाँदिल्लीमा फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिटरेचरले आयोजना गरेको दक्षिण एसियाली साहित्य सम्मेलनको उद्घाटन सत्र सकिएपछि लन्च ब्रेकमा मेरो कञ्चनासँग भेट भएको थियो । उनी ब्लाउज, सारीमा ठिक्कको हिल भएको जुत्ताको आवाज छोड्दै दाहिने काँधमा सानो हातेब्याग झुन्ड्याएर म भएतिर आइन् ।