डा विपिन अधिकारी

डा विपिन अधिकारीका लेखहरु :

राष्ट्रपतिले संविधान उल्लंघन गरेर राष्ट्रिय एकता खोज्ने होइन

नेपालको राष्ट्रपति भनेको संवैधानिक राष्ट्रपति हो । संसदीय पद्धतिको राष्ट्रपति हो । राष्ट्रपतिले गरेका काम कारबाहीहरु या त प्रधानमन्त्रीको सल्लाह र परामर्शमा गरेको हुन्छ या कुनै संवैधानिक अंग वा निकायको सिफारिसमा गरेको हुन्छ । अन्य अवस्थामा राष्ट्रपतिबाट औपचारिक वा अनौपचारिक जे जति काम हुन्छ सबै सरकारको सिफारिसमा गरिएको हुन्छ । त्यो सिफारिस प्रधानमन्त्रीमार्फत प्रस्तुत गरिएको हुन्छ भन्ने संसदीय सिद्धान्त हो ।