२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

युक्रेनी सेनाको बन्धक बनेका छोराको यादले तड्पिरहेकी आमाको हारगुहार

काठमाडौँ — काभ्रे मण्डनदेउपुर-६ की गंगा ढकाललाई चैनको निन्द्रा नपरेको झण्डै साढे चार महिना भइसक्यो । छोराको यादले उनलाई यसरी सताएको छ कि यो बीचमा उनलाई निन्द्रा नलाग्ने र झस्किरहने समस्या पनि देखा परेको छ । गत भदौ ३० गते पढ्नका लागि भन्दै रुसको मस्को पुगेका उनी संगठित मानव तस्करको फन्दामा परेर रुसी सेनामा भर्ती हुन पुगेका थिए ।

युक्रेनी सेनाको बन्धक बनेका छोराको यादले तड्पिरहेकी आमाको हारगुहार

भर्ती भएलगत्तै मंसिर २७ गते सामाजिक संजालमार्फत एउटा भिडियो सार्वजनिक भयो, जसमा उनी युक्रेनी सेनाको बन्धक परेको देखिन्थ्यो ।

युद्ध मैदानमा जानु अघि सिद्धार्थले बाआमालाई सामाजिक संजाल म्यासेन्जरमा अडियो सन्देश पठाएका रहेछन् । जसमा उनले राति सपना नराम्रो देखेको भन्दै आफ्नो नाममा बत्ती बालिदिन र पुजा गरिदिन भनेका थिए । छोराको त्यो खबर सुनेयता हरेक दिन गंगाले घरभीत्रको पुजाकोठामा छोरा सकुशल छुटोस् भनेर बत्ती बाल्दै आएकी छिन् ।

उनले सुनाईन, ‘छोरालाई के भयो होला भन्ने चिन्ताले सताईराख्छ ।’ गंगा हिजोआज जतिबेला छोराको यादले सताउँछ उतिबेला छोराको फोटो हेर्छिन्, अडियो सन्देश सुन्छिन् । यस्तो बेला उनलाई झनै धेरै छटपटीले सताउँछ । उनले भनिन्, ‘के हुने हो ? कसो हुने हो ? कहिले छोडदिने हुन भन्ने कुराले सताईराख्छ ।’

सिद्धार्थ जस्तै रुसी सेनामा भर्ती भएर युक्रेनी बिरुद्ध लडेका सात नेपाली अहिले युद्धबन्दी भएका छन् । जसमा बर्दियाका विवेक खत्री, काभ्रेका सिर्द्धाथ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतिक पुन र गोरखाका ईश्वर लामीछाने, चितवनका सुजन सुवेदी, दार्चुलाका ललितसिंह डोभल रहेका छन् ।

युद्धबन्दी भएका नेपालीहरुलाई छुटाउन सरकारले पहल गरिरहेपनि त्यसले सार्थकता पाईरहेको छैन् । रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न गएका मध्ये ३२ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ ।

त्यस्तै रुसी सेनामा भर्ना भएका मध्ये कम्तीमा ९६ जना नेपाली परिवारको सम्पर्कमै छैनन् भने भर्ती भएकाहरूका झन्डै साढे चार सय हाराहारी परिवारले खोजीका लागि भन्दै परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागमा निवेदन दिइसकेका छन् ।


प्रकाशित : वैशाख ६, २०८१ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?