२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

युरोपा लिग : लिभरपुलको चुनौती समाप्त

एजेन्सी

पेरिस — लिभरपुलले क्वाटरफाइनल दोस्रो लेगमा बिहीबार एटलान्टालाई १–० ले हराए पनि युरोपा लिगमा उसको चुनौती समाप्त भएको छ । लिभरपुलका लागि मोहमद सलाहले सातौं मिनेटमा पेनाल्टीबाट गोल गरे ।

युरोपा लिग : लिभरपुलको चुनौती समाप्त

यस जितका बाबजुद लिभरपुल समग्रमा ३–१ ले पछाडि पर्‍यो र एटलान्टा सेमिफाइनल पुग्यो । मार्से, रोमा र लेभरकुजन पनि अन्तिम चारमा पुग्न सफल रहे । मार्सेले बेनफिकालाई १–० ले हराएपछि टाइ २–२ को बराबरीमा रह्यो र टाइब्रेरमा ४–२ ले विजयी रह्यो ।

रोमाले एसी मिलानलाई २–१ ले हराएर समग्रमा ३–१ को अग्रता लियो । यस्तै लेभरकुजनले वेस्ट ह्यामलाई १–१ को बराबरीमा रोक्दै समग्रमा ३–१ को अग्रता लियो ।

प्रकाशित : वैशाख ७, २०८१ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?